२०८२, २५ चैत्र बिहीबार

प्रकाण्डलाई अहिलेसम्मकै ठूलो मुद्धा : म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप

प्रकाण्डलाई अहिलेसम्मकै ठूलो मुद्धा : म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप


काठमाडौँ, २२ भदौ । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अहिलेसम्मकै ठूलो मुद्धा लगाइएको छ । उनलाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको हो ।

नेपाली काँग्रेसको चुनावीसभालाई लक्षित गरी मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएपछि विश्कर्माविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने भएको छ । विश्वकर्मामाथि लागेको आरोपको सबै प्रमाण इलाका प्रहरी कार्यालयले कार्यालय तुलसीपुरले जुटाउनेछ । विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचीमा परेका विश्वकर्मालाई साउन २३ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो ।

विश्वकर्मालाई विभिन्न जिल्लाका अभियोगमा त्यहाँका प्रहरी कार्यालय र अदालत पुर्‍याइँदै आएको छ । काठमाडौंदेखि पक्राउको सिलसिला सुरु गरेको प्रहरीले अदालतका विभिन्न पटकका आदेश हुनासाथ विश्वकर्मालाई पुनः पक्राउ गरी काभ्रेपलाञ्चोक, नुवाकोट हुँदै भोजपुर पुर्‍याएको थियो ।

 

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ११ : ५८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि