२०८२, १ माघ बिहीबार

विप्लव नेत्री भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव नेत्री भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौँ, २२ भदौ: सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेत्री उमा भुजेललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज अदालतको मुख्य रजिष्ट्रार भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “भुजेललाई थुनामा राख्नुपर्ने आधार र कारण देखिएन, गैरकानूनी थुनामा राखेको हुँदा निजलाई अदालतको मुख्य रजिष्ट्रारको रोहबरमा छाड्नु ।” क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा भुजेललाई यही भदौ १२ गते बालाजुबाट पक्राउ गरिएको थियो भने अनुसन्धानका लागि म्याद थप जिल्ला अदालत काभ्रेबाट गरिएको थियो ।

भुजेलले आफूलाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही रिटको सुनुवाइपछि अदालतले थुनामुक्त गर्न आदेश दिएको हो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ९ : ०९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा