२०८२, १५ माघ बिहीबार

हचुवाको भरमा कर नलगाउन उपाध्यक्ष कँडेलको सुझाव

हचुवाको भरमा कर नलगाउन उपाध्यक्ष कँडेलको सुझाव


काठमाडौँ, २२ भदौ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययनसहित जनतालाई सेवा दिएर कर लागू गर्न स्थानीय तहलाई आग्रह गर्नुुभएको छ ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा जनतालाई समस्या नपर्ने गरी कर लगाउने कुरामा ध्यान दिन स्थानीय तहलाई आग्रह गर्नुभएको हो ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्लामा निर्माण हुने ठूला राष्ट्रिय गौरवका आयोजनाको आजै निरीक्षण पनि गर्नुभएको छ । सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्ग तथा विभिन्न पुलको निरीक्षण गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै शुरु गरेर सम्पन्न गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मध्यपहाडी लोकमार्गको हेटौँडा–चतराखण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरी रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ८ : ५४ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला