२०८२, १५ माघ बिहीबार

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली


काठमाडौँ, २२ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताउनुभएको छ । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उहाँले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भन्नुभयो । लामो संक्रमणपछि देश राजनैतिक स्थायित्व प्राप्त गरेको हुँदा वैदेशिक लगानीका लागि अहिले उपयुक्त वातावरण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिका लागि पूर्वाधार, सूचना र प्रविधि, वस्तु र सेवाका क्षेत्र अहिले हाम्रा प्राथमिकताका विषय हुन् ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालको विकासका लागि भारतीय व्यवसायीबाट भएको लगानीको प्रतिबद्धता घोषणामा मात्र सिमित नहोस् भन्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको आर्थिक र समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य छ, सरकारले लगानीका लागि उपयुक्त वातावरण बनारहेको छ ।” सम्मेलनका समन्वयकर्ता डा शिवजी यादवले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई लगानी प्रवद्र्धनको माध्यमबाट कसरी सफल तुल्याउन सकिन्छ भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रप्रसाद यादवले नेपाल र भारतबीचमा रही आएको पारिवारिक र संस्कृतिक सम्वन्धलाई आर्थिक समृद्धिका लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले सम्मेलन मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिघका अध्यक्ष हरिभक्त शर्माले भारतीय उद्योग व्यवसायीलाई नेपालमा लगानीका लागि निकै सहज वातावरण रहेको जानकारी दिनुभयो । सो अवसरमा इन्टरनेशनल फेडरेशन अफ यादव च्यामर्श अफ कमर्शका अध्यक्ष सुदेश यादवले रोजगारी र व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले स्थापना भएकाले सरकारको आर्थिक समृद्धि नारा कार्यान्वयनका लागि हरसम्भव सहयोग पु¥याउने बचन दिनुभयो ।

उद्योगबीच समन्वय गर्ने, बाणिज्य र व्यापार सुधारका लागि वातावरण निर्माण गर्ने लक्ष्यका साथ गठन भएको इन्टरनेशनल फेडरेशन अफ यादव च्यामर्श अफ कमर्श नेपालसहित विश्वका १३ मुलुक विस्तार भइसकेको छ । नेपाल र भारतबीच खुल्ला सीमाना र जनस्तरको सम्वन्ध आफैमा अनुपम रहेको जनाउँदै सो अवसरमा विभिन्न भातीय उद्योग व्यवसायीले नेपालको आर्थिक विकासका लागि कृषि प्रशोधन, स्वास्थ्य, शिक्षा, ऊर्जा विकास र सिमेन्टलगायत क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ५ : ४९ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला