२०८२, १ माघ बिहीबार

जोखिम मोल्दै बालुवा मजदुर

जोखिम मोल्दै बालुवा मजदुर


धादिङ, २२ भदौ: त्रिशूली नदीबाट बालुवा झिकेर जीविका चलाइरहेका बालुवा मजदूरहरु जोखिम मोलेर परिवार पालिरहेका छन् । गल्छी गाउँपालिका वडा नं ४ बेल्खुस्थित त्रिशूलीबाट दैनिक बालुवा झिकेर गुजारा गरिरहेका जाजरकोटबाट आएका रमेश रोकाया त्रिशूलीको भेलसंँगै बालुवा झिकेर साथीको थुञ्चेमा राख्दै हुनुहुन्थ्यो । घर छाडेर बालुवा झिक्न आई नदीको भेलमा हेलिँदा जोखिम जति भए पनि आम्दानीले लोभ्याएको उहाँ बताउनुहुन्छ ।

जाजरकोटबाट मात्र होइन नेपालका २० भन्दा बढी जिल्लाबाट बालुवा झिक्नका लागि धादिङका विभिन्न स्थानमा करीब १० हजार मजदूर आएको अनुमान गरिएको छ । बालुवा झिक्न र बिक्री गर्नका लागि पनि सहज छैन । नदीमा डुबेर बालुवा निकालेपछि खोला किनारमा बालुवा राख्दा समेत हरेक एक गाडीको रु एक हजार पाँच सय भाडा तिर्नुपर्छ । गाउँपालिकालाई छुट्टै कर तिर्नुपर्छ, त्यसमा पनि बिचौलियाले पैसा लिन्छ ।

एक ट्रिप निकाल्न चार जना भयो भने मुश्किलले एक दिनमा एक ट्रिप बालुवा झिक्न सकिन्छ । जताततै कर तिर्दा हैरानी भइरहेको रोकायाको भनाइ छ । जग्गा र बाटो कर, गाउँपालिकालाई कर, वातावरण प्रदूषण करसमेत तिर्नुपर्ने भएपछि आफूहरु मर्कामा परेको उनीहरुले गुनासो गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ५ : ३९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा