२०८२, १० फाल्गुन आईतबार

मलको महाभारत : बच्चा बोकेर ५ घण्टा लाइन लाग्दा जम्मा २० किलो !

मलको महाभारत : बच्चा बोकेर ५ घण्टा लाइन लाग्दा जम्मा २० किलो !


काठमाडौं, भदौ २२ : नीलकण्ठ नगरपालिका–८ की बिन्दा श्रेष्ठ काखमा दुधे छोरो बोकेर बिहानै सदरमुकाम आइन् । काम थियो– रासायनिक मल किन्ने । सदरमुकामको नीलकण्ठ सहकारीबाट बिहीबार मल वितरण गर्ने सूचना पाएकी बिन्दा छोरालाई लिएर बिहान ७ बजेनै यहाँ आएकी हुन् ।

यसअघि २ पटक मल लिन सदरमुका आउँदा रित्तै फर्केकी उनी खानासमेत नखाई बिहानै लाइन बसिन् । काखमा छोरो च्यापेरै घाममा ५ घण्टा लाइनमा बसेपछि बल्लतल्ल १२ बजेतिर उनले २० किलो मल पाइन् । मल किनेपछि लामो सास फेर्दै भनिन्, ‘पाखोबारीमा कोदो रोपेको छु, मल नहालौं, उब्जनी कम हुन्छ, हालौं किन्न यत्रो सास्ती छ ।’

टन्टलापुर घाममा बिन्दासँगै सदरमुकाम आसापासका ठूलो संख्याका कृषक २० किलो मल किन्न घण्टौं लाइनमा बसेका थिए । खाद्य तथा तरकारी बालीमा समयमै मल हाल्न नपाएका किसान भनेको समयमा र भनेजति मल नपाउँदा आक्रोशित देखिन्थ्ये ।

नीलकण्ठ नगरपालिका–१२ की केशवकुमारी श्रेष्ठले भनिन्, ‘दुई साताअघि नै धान र कोदोमा मल हाल्ने बेला भइसकेको थियो । तीन पटक किन्न भनेर आएँ तर खाली हात फर्किएँ । आफूलाई १ बोरा चाहिन्छ, बल्लतल्ल लाइन बसेर २० किलो मात्रै पाइन्छ । कति ठाउँमा हाल्नु, चाहिएको बेला दिन नसके बाली सप्रिन्न, किसानको यो दुःख कसले हेरेदिने ? ’
-अन्नपुर्ण पोष्ट

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : ३५ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको