२०८२, १ माघ बिहीबार

नेपालमै डाक्टरी पढेका अब्बल

नेपालमै डाक्टरी पढेका अब्बल


काठमाडौं, भदौ २२ : नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्। परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी पास भएका छन्। काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर पास गरेका पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए । तीमध्ये दुई सय १२ जना फेल भएका थिए।

सन् २०१७ को परीक्षामा एक हजार चार सय ८१ जना स्नातकोत्तर डाक्टर सहभागी थिए । तीमध्ये पाँच सय २० जना फेल भएका थिए । त्यस्तै सन् २०१८ मा ६ सय ८७ जना डाक्टरले परीक्षा दिँदा दुई सय ६६ जना फेल भएका छन्।सन् २०१६ मा तीन हजार तीन सय नौजना एमबिबिएस डाक्टर लाइसेन्स परीक्षामा सहभागी थिए। तीमध्ये एक हजार एक सय पाँचजना फेल भएका थिए। सन् २०१७ मा परीक्षामा सहभागी दुई हजार ३८ जनामध्ये आठ सय ५५ जना फेल भएका थिए।

सन् २०१८ मा एक हजार ६ सय ५० जना एमबिबिएसले लाइसेन्स परीक्षामा सहभागी जनाएकामा चार सय २४ जना फेल भएका छन्। एकपटक लाइसेन्स परीक्षामा फेल भएका डाक्टर दोहो-याएर परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ। डाक्टरी पढेका विद्यार्थीले काउन्सिलको परीक्षा पास नगरेसम्म नेपालमा चिकित्सा क्षेत्रमा काम गर्नु अवैध मानिन्छ।
– नागरिक दैनिक

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : २१ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा