२०८२, २४ चैत्र बुधबार

अन्तर्घात गर्नेलाई कारवाही हुन्छ : डा कोइराला

अन्तर्घात गर्नेलाई कारवाही हुन्छ : डा कोइराला


विराटनगर, २१ भदौ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताउनुभएको छ ।

वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न काङ्ग्रेसले खुट्टा नकमाउने प्रष्ट पार्नुभयो ।

तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको उहाँले भन्नुभयो । केन्द्रीय सदस्य डा डिला संग्रौलाले वीपीका आदर्श र सिद्धान्तलाई सँगै लिएर अगाडि बढे काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हुने धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ९ : ५४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि