२०८२, १० कार्तिक आईतबार

पुनःनिर्माणलाई द्रुतगतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

पुनःनिर्माणलाई द्रुतगतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, २१ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । प्राधिकरणको निर्देशक समितिको १३औँ बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्पपीडितलाई यथाशक्य चाँडो घरबासको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्राधिकरण निश्चित समयका लागि भएकाले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पुनःनिर्माण प्राधिकरण घामजुन रहेसम्मका लागि स्थापना गरिएको होइन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसकारण यसले यथाशक्य चाँडो पुनःनिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाई घर निर्माण गरेका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पीडितले घर बनाएको भनेर जनप्रतिनिधिले सिफारिश गरेका आधारमा अनुदान रकम उपलब्ध गराउनुहोस्, आफैँ गएर निकर्यौल गर्नुस् ।”

प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्वकार्यकारी अधिकृत र कर्मचारीले लिएको फिल्ड भत्ताको विषयमा पनि चासो व्यक्त गर्नुभयो । “बैठक कार्यालय समयमा राख्नुहोस्, कार्यालय समयमा तपाईंहरूलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कर्मचारीको दुर्गम भत्ताका विषयमा छलफल गरेर निर्णय गरौँला ।”

प्रधानमन्त्री ओलीले धरहरा निर्माणको टेण्डरका विषयमा पनि चासो व्यक्त गर्नुभयो । “धरहरा पुनःनिर्माणमा अनुमानभन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर यसको गुणस्तरमा कुनै कमी हुनु हँुदैन । ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहीन काम गर्न पाइँदैन ।” प्रधानमन्त्री ओलीले धरहरा पुनःनिर्माणका लागि इञ्जिनियर खटाउन, दैनिक नापजाँच गर्न, प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच्न र दैनिक प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ । “निर्माण सम्झौतामा जे कुरा उल्लेख छ निर्माण कार्यमा त्यहीअनुसार गर्नुपर्दछ, समयमा सम्पन्न हुनुपर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ८ : ०२ बजे

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो