२०८२, ७ भाद्र आईतबार

यातायात व्यवस्थाका तीन कर्मचारी विरुद्ध अख्तियारमा

यातायात व्यवस्थाका तीन कर्मचारी विरुद्ध अख्तियारमा


काठमाडौँ, २१ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तीनजना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगकाअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

श्रेष्ठ र गोइतले ट्रायल परीक्षा उत्तिर्ण गरेका छब्बीस जना परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रु १६ हजार घुसवापत लिएको तथ्यफेला परेपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

सहलेखापाल गोइत र श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेकाले बिगो रु १६ हजार सोही बमोजिम जरिवाना र कैद सजाय माग गर्दै आरोपपत्र दाय गरिएको छ ।

यसैगरी आयोगले आजै इटहरी उपमहानगरपालिका–१० का वडासचिव विदुर रेग्मीविरुद्ध आयोगमा आरोपपत्र दायर गरेको छ । होटल दर्ता प्रमाणपत्र बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग रु १३ हजार घुसवापतको लिएको अनुसन्धानका क्रममा खुलेकाले उनीविरु बिगो रु १३ हजार, सोहीबमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता दंगालले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : ०७ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार