२०८२, २४ कार्तिक आईतबार

६० करोडको कम्पनी नै कर्मचारीको नाममा, चार कर्मचारीसहित १२ पक्राउ !

६० करोडको कम्पनी नै कर्मचारीको नाममा, चार कर्मचारीसहित १२ पक्राउ !


काठमाडौं , भदौ २१ :कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो ।

प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् । उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर, कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा धेरै थियो ।

उनले करिब २५ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएका छन् । कम्पनीको सबै कारोबारको जिम्मा उनले आफ्ना कर्मचारी मगरलाई सुम्पिएका थिए । जटियाको सबै कारोबार तथा सम्पत्तिबारे उनलाई थाहा थियो ।

यसरी भयो ठगी
व्यवसायी जटियाका पूर्वकर्मचारी जितबहादुर मगरले मालिकको सम्पत्तिबारे आफन्त तथा साथीहरूलाई बताएका थिए । साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारे ।

त्यही आधारमा कम्पनी आफ्नो नाममा लिए । कम्पनी आफ्नो नाममा लिएपछि सबै घरजग्गा बिक्री गरेर भाग्ने तयारी गर्ने क्रममा योजनाकारसहितका व्यक्तिहरू पक्राउ परेका हुन् । सिआइबीले कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अधिकृतद्वय नारायण पोखरेल र उमेश जोशीसहितका कर्मचारी पक्राउ परेका छन् ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : ०७ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको