२०८२, १ माघ बिहीबार

उपत्यकाका तीन स्थानमा अत्याधुनिक पार्किङस्थल बन्दै

उपत्यकाका तीन स्थानमा अत्याधुनिक पार्किङस्थल बन्दै


काठमाडौं , भदौ २१ : काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ ।त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ ।

लामो समयको अध्ययनपछि कामपाले धर्मपथमा निजी, स्वदेशी तथा विदेशी कम्पनीसँग महानगरले आशयपत्र माग गरिसकेको छ ।स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त उपक्रम (ज्वाइन्ट–भेन्चर जेभी) मा असोज १ गतेभित्र आशयपत्र दर्ता गर्न आह्वान गरेको छ । तीनवटै पार्किङस्थल निर्माण भएपछि राजधानीको दरबारमार्ग, न्युरोड आसपास क्षेत्रको पार्किङ व्यवस्थापनमा सुधार आउने भएको छ ।

कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत धर्मपथपमा स्मार्ट र दरबारमार्ग र न्युरोडमा डिजिटल पार्किङ निर्माण गर्न लागेको हो । कामपा सार्वजनिक निजी साभेदारी एकाइ प्रमुख महेश काफ्लेले दरबारमार्ग र न्युरोडमा मोबाइल प्रयोग गरी सञ्चालन गर्न सक्ने डिजिटल पार्किङ नेपालकै पहिलो हुने बताउनुभयो ।
– नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ६ : ४१ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा