२०८२, ८ फाल्गुन शुक्रबार

‘प्रतिबेदनका आधार पप्पु कन्ट्रक्सनबारे निर्णय हुन्छ’: मन्त्री महासेठ

‘प्रतिबेदनका आधार पप्पु कन्ट्रक्सनबारे निर्णय हुन्छ’: मन्त्री महासेठ


सिन्धुली, २० भदौ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छानबिन समितिको प्रतिवेदनका आधारमा अबको आठ दिनभित्रमा पप्पु कन्ट्रक्सनबारे निर्णय लिने बताउनुभएको छ । मरिण खोलामा निर्माण भएको पुल उद्घाटन गर्न यहाँ आइपुग्नु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले पप्पु कन्ट्रक्सनले सिन्धुलीलगायत देशैभर निर्माण शुरु गरेका योजना अलपत्र पारी जनतालाई दुःख दिएकाले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दश दिनभित्र प्रतिवेदन दिने गरी दीपक श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । आज दुई दिन बितेको र अबको आठ दिनमा समितिले प्रतिवेदन बुझाएपछि कारबाही हुन्छ ।” मन्त्री महासेठले भन्नुभयो, “कति आयोजनाको जिम्मा लिएको र कति प्रतिशत काम सम्पन्न गरेको छ त्यसका आधारमा कारबाही गर्न म प्रतिबद्ध छु ।”

सरकारसँग प्रतिबद्धता गर्ने तर काम नगर्ने जुनसुकै कन्ट्रक्सनलाई कारबाही सरकारले गर्ने उहाँले दाबी गर्नुभयो । मन्त्री महासेठले सम्झौता अवधिभन्दा डेढ वर्षअघि पुलको निर्माण कार्य सम्पन्न गरेको भन्दै पुल निर्माण गर्ने कालिका तुदि रसुवन जेभी काठमाडौँलाई पुरस्कृत गर्ने बताउनुभयो ।

यस्तै २५ वर्ष भन्दा लामो यातायातको आलोपालो प्रणाली अहिले तोडिएको बताउँदै देशका केही जिल्लामा अझै पनि यातायात व्यवसायीले आलोपालो प्रणाली जारी राखेको गुनासो आएकाले कुनकुन जिल्लामा आलोपालो प्रणाली जारी छ आफूलाई वा मन्त्रालयमा जानकारी दिन आग्रह गर्नुभयो । आउने दशैँअगावै यातायातको आलोपालो प्रणाली सदाका लागि सकिने उहाँले विश्वास दिलाउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ७ : २८ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको