२०८२, ७ भाद्र आईतबार

गुण्डा नाइके लामा पक्राउ

गुण्डा नाइके लामा पक्राउ


काठमाडौँ, १९ भदौ: नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई आज दिउँसो ठमेलबाट पक्राउ गरेको छ ।  काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हातखुट्टा भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनको आज स्वास्थ्य परीक्षण गरिएको र बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ९ : १३ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार