२०८२, १५ माघ बिहीबार

प्रदेश नं १ को विधेयक पारित

प्रदेश नं १ को विधेयक पारित


विराटनगर, १९ भदौ : प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

यसअघि बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य सावित्रा रेग्मीले नेपाल भारतकै बिरामीलाई सेवा प्रदान गर्ने कोशी अञ्चल अस्पताललाई सत्तरोन्नति गर्नुपर्ने बताउनुभयो । उहाँले ४० वर्षअघि तत्कालीन आवश्यकतालाई हेरेर बनाइएको यो अस्पताल अहिले आवश्यकता पूरा गर्न नसक्ने भएकाले यसको सुधारको कुरा उठाउनुभएको हो ।

सोही अवसरमा प्रदेशसभाका अर्की सदस्य सुनिताकुमारी चौधरीले आदिवासीले मनाउने जितिया पर्वमा बिदा दिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । विशेष समय लिएर नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश नं १ को नाम र स्थायी राजधानी घोषणा गर्न माग गर्नुभयो । प्रदेश सरकारले सङ्घीयताप्रति जनताको विश्वास गुम्न नदिन पनि उहाँले आग्रह गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भदौ २१ गते दिउँसो १ बजे बस्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ६ : २८ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम