२०८२, ७ भाद्र आईतबार

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच !

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच !


काठमाडौं, भदौ १९ :०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो ।केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट सेमेस्टर टपरलाई परीक्षा दिन लगाएको प्रमाणसमेत सतर्कता केन्द्रले फेला पार्‍यो ।

सतर्कता केन्द्रको छानबिन प्रतिवेदनअनुसार ०७२ चैतकै परीक्षामा गणितकै अर्का शिक्षक रामविश्वास साहले आफ्नै सहोदर छोरी–ज्वाइँ अमरनाथ साहको उत्तरपुस्तिका परीक्षण गरे ।

त्रिविको कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६८ मा त्रिविका शिक्षक–प्राध्यापक, कर्मचारी वा विश्वविद्यालय र विश्वविद्यालय सेवा आयोगसँग सम्बन्धित कुनै व्यक्तिले नाता पर्ने व्यक्तिका बारेमा निर्णय लिन नहुने व्यवस्था छ । तर, उनले अन्य परीक्षार्थीसँग समेत पास बनाइदिन पैसाको मोलमोलाई गरेको उजुरी परीक्षार्थीले सतर्कता केन्द्रमा दिएका थिए ।
– नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ८ : ३३ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार