२०८२, २२ जेष्ठ बिहीबार

प्रहरीमा हुने राजनीतिक हस्तक्षेपलाई निस्तेज गर्ने : प्रहरी महानिरीक्षक

प्रहरीमा हुने राजनीतिक हस्तक्षेपलाई निस्तेज गर्ने : प्रहरी महानिरीक्षक


कलैया, १८ भदौ: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा व्यारेक र हिरासतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र र नेपाली नागरिकको सेवामा सदैव समर्पित रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले दोषीलाई नछोड्ने र निर्दोषलाई नफसाउन काममा प्रहरी पूर्णरुपमा चनाखो हुनुपर्छ भन्दै भन्दै प्रहरीप्रति नागरिकको भरोसालाई कायम राख्न कुनै कसर बाँकी नराख्न मातहातका सबैलाई निर्देशन दिनुभयो । प्रहरीले एक्लै शान्ति सुव्यवस्था कामय राख्न तथा अपराध नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उहाँले यस कार्यमा नागरिकको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक खनालले नागरिक पनि बिना बर्दीको प्रहरी भएको बताउँदै समाजमा हुने विकृति, विङ्गतिलाई हटाउनमा पनि नागरिक अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । “कानुनको नजरमा साना र ठूला कोहि हुँदैन्, सबै सम्मान हुन्, त्यसैले प्रहरीले सबै नागरिकलाई सम्मानका साथ व्यवहार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “निहथा जनतालाई थुन्ने काम कुनै पनि हालतमा गर्नु हुँदैन, गल्ती गर्ने प्रहरीलाई हदैसम्मको कारवाही गरिनेछ ।”

महानिरीक्षक खनालले बेखाबखतमा प्रहरीमा हुने गरेको राजनीतिक हस्तक्षेपलाई पूर्णरुपमा निस्तेज नगरेसम्म नागरिकले चाहेको जस्तो न्याय सम्पादन हुन नसक्ने हुँदा प्रहरीमा राजनीतिक हस्तक्षेपलाई रोक्नुपर्नेेमा जोड दिनुभयो । नागरिकको प्रहरीप्रति सहयोग र सद्भाव रह्यो भने विश्वकै उत्कृष्ट प्रहरी नेपालको प्रहरीलाई बनाउने प्रतिबद्धता पनि व्यतm गर्नुभयो ।

सो अवसरमा बारा प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र प्रदेश नं २ का प्रहरी प्रमुख दिनेश अमात्यले अपराध नियन्त्रणमा स्थानीय प्रहरी प्रशासन दृढतापूर्वक लाग्ने बताउनुभयो । रु दुई करोड ९५ लाख छ हजार ७१७ को लागतमा कार्यालय भवन तथा रु दुई करोड ९५ लाख ९५ हजार ७३८ को लागतमा व्यारेक र हिरासत भवन निर्माण भएको प्रहरी प्रवत रञ्जीतसिंह रठौरले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ९ : ०६ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक