२०८२, २३ कार्तिक शनिबार

बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी उपहार

बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी उपहार


बुटवल, १८ भदौ बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ ।  किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो ।

वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायत टोलका झण्डै १०० किसानलाई उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गर्नुभयो । ‘गोठदेखि ओठसम्म सफा दूध’ सङ्कल्पलाई साकार पार्न उहाँले किसानलाई आग्रह गर्नुभयो । समृद्धिका लागि कृषि र पर्यटनलाई आधार बनाएर सोहीअनुरुप कार्यक्रम चालू आवको बजेटमा समावेश गरिएको आचार्यले बताउनुभयो ।

सो अवसरमा वडाध्यक्ष दधिराम न्यौपानेले वडाले किसानको दुग्ध उत्पादन क्षमताका आधारमा चरणबद्धरुपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । उपमहानगरपालिकाले समृद्ध बुटवल सुखी जनताको सङ्कल्पका साथ समृद्धिका आधार तय गर्दै तिनै आधारलाई साकार पार्न कार्यक्रम बनाएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरका १९ वटै वडामा उत्पादनको अवस्था र सम्भावनाबारे अध्ययन गर्दै आवधिक र दीर्घकालीन महत्वका योजना छनोट गरिएको छ ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  २ : ५३ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा