२०८२, ११ पुस शुक्रबार

लिक बन्यो, रेलै छैन

लिक बन्यो, रेलै छैन


काठमाडौं, भदौ १८ : आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो- भेटको मुख्य एजेन्डा नै रेल बन्यो।

नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन। सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने÷नहुने अन्योल बढेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए।तीन डिब्बासहितको नयाँ रेल किन्दा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ। त्यसैले डिब्बा भाडामा लिने केही अधिकारीको राय छ। केही प्राविधिकलाई प्रशिक्षणसमेत दिने ‘प्याकेज’ मा भाडामा डेढ वर्षका लागि लिनुपर्ने अन्य अधिकारीको धारणा छ।

दुई देशीबीच रक्सौल-काठमाडौं रेलमार्गको अध्ययन गर्ने सहमति भएको छ। तर, साइडलाइन वार्तामा दुई प्रधानमन्त्रीबीच लिक बनिसकेको जयनगर-जनकपुरमा रेल सञ्चालनमा बढी कुरा भएको स्रोतले जनायो। दुवैले यसमा गम्भीर चासो देखाउँदै छिटो सञ्चालनका लागि आफ्ना मातहतलाई निर्देशन दिए। प्रधानमन्त्री मोदीको भनाइ उद्धृत् गर्दै एक अधिकारीले भने, ‘रक्सौल-काठमाडौं रेलको काम अघि बढ्नेछ। तर जयनगरबाट जनकपुर हँुदै बर्दिबास आउने रेलको काम के भएको छ ? त्यो रेलमार्ग जहाँसम्म पुगेको छ, त्यहाँसम्म कुनै ‘मोडालिटी’ तय गरेर रेल सञ्चालन गर्न आवश्यक छ। यसमा ढिलाइ नगरौं।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ८ : १५ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय