२०८२, २४ चैत्र बुधबार

लिक बन्यो, रेलै छैन

लिक बन्यो, रेलै छैन


काठमाडौं, भदौ १८ : आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो- भेटको मुख्य एजेन्डा नै रेल बन्यो।

नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन। सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने÷नहुने अन्योल बढेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए।तीन डिब्बासहितको नयाँ रेल किन्दा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ। त्यसैले डिब्बा भाडामा लिने केही अधिकारीको राय छ। केही प्राविधिकलाई प्रशिक्षणसमेत दिने ‘प्याकेज’ मा भाडामा डेढ वर्षका लागि लिनुपर्ने अन्य अधिकारीको धारणा छ।

दुई देशीबीच रक्सौल-काठमाडौं रेलमार्गको अध्ययन गर्ने सहमति भएको छ। तर, साइडलाइन वार्तामा दुई प्रधानमन्त्रीबीच लिक बनिसकेको जयनगर-जनकपुरमा रेल सञ्चालनमा बढी कुरा भएको स्रोतले जनायो। दुवैले यसमा गम्भीर चासो देखाउँदै छिटो सञ्चालनका लागि आफ्ना मातहतलाई निर्देशन दिए। प्रधानमन्त्री मोदीको भनाइ उद्धृत् गर्दै एक अधिकारीले भने, ‘रक्सौल-काठमाडौं रेलको काम अघि बढ्नेछ। तर जयनगरबाट जनकपुर हँुदै बर्दिबास आउने रेलको काम के भएको छ ? त्यो रेलमार्ग जहाँसम्म पुगेको छ, त्यहाँसम्म कुनै ‘मोडालिटी’ तय गरेर रेल सञ्चालन गर्न आवश्यक छ। यसमा ढिलाइ नगरौं।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ८ : १५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि