२०८२, ७ भाद्र आईतबार

अन्तर्राष्ट्रिय साक्षरता दिवस शुरु

अन्तर्राष्ट्रिय साक्षरता दिवस शुरु


भक्तपुर, १७ भदौ: ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सानोठिमीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले देशमा अझै पनि दुई दशमलब आठ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि २.८ प्रतिशत अर्थात् तीन लाख १२ हजार बालबालिकाले स्कूलको ढोका देख्नै नपाई शिक्षाको अवसरबाट वञ्चित हुँदै निरक्षरको सूचीमा रहन्छन् ।” उहाँले तल्लो तहबाट निरक्षर जन्मने पद्धतिलाई रोक्नुपर्ने बताउँदै यस वर्ष नौवटा जिल्ला पूर्ण साक्षरता जिल्ला घोषणा गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

महानिर्देशक पौडेलले शिक्षा स्थानीय सरकारमा गइसकेकाले अर्को वर्षदेखि साक्षरताका सबै कार्यक्रम पनि स्थानीय सरकारमै जाने भएकाले स्थानीय सरकारले यसको सबै काम गर्नुपर्ने बताउनुभयो । यसका लागि बजेटसमेत पठाउन शुरु गरेको बताउँदै उहाँले स्थानीय तहबाटै साक्षरता सुनिश्चित स्थानीय तह घोषणा गर्न र सघाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले आगामी २३ गतेसम्म साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउन शुरु गरिएको बताउनुभयो । ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले विभिन्न आठवटा समिति तथा उपसमिति बनाएर कार्यक्रम शुरु गरेको केन्द्रका निर्देशक नारायणकाजी कासिछ्वाले जानकारी दिनुभयो ।

दिवसका अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनमा परिसंवाद कार्यक्रम सञ्चालन गर्ने, साक्षरतासम्बन्धी वृत्तचित्र प्रदर्शनी गर्ने, साक्षरता विशेषाङ्क प्रकाशन एवं विमोचन गर्ने, सडक नाटक प्रदर्शन गर्ने, झाँकी तथा ¥याली प्रदर्शन गर्ने, सरसफाइ र वृक्षारोपन गर्ने, स्टल प्रदर्शनी गर्ने कार्यक्रम गर्ने भएको छ । अनौपचारिक शिक्षासम्बन्धी मोबाइल एप्सको शुभारम्भ, यसको डिजिटल सिडी वितरण गर्ने, साक्षरता जिल्ला घोषणा गर्न योगदान दिनेको नामावली सार्वजनिक गर्ने, समकक्षता सम्बन्धमा अन्तरक्रिया गर्ने र सामुदायिक सिकाइ केन्द्रमा सीप विकास तालीम शुरु गर्ने जनाइएको छ । त्यस्तै उपत्यकाव्यापी दौड प्रतियोगिता गर्ने, शीतल निवासमा नेपाल विद्याभूषण पदक वितरण गर्ने, पाँच लाखको पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम गर्ने, असहाय, विपन्न, सडक बालबालिका, अपाङ्ग, एचआइभी पीडितका लागि सञ्चालित सङ्घसंस्थाका लागि पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम गरिनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ९ : ११ बजे

“इच्छा पूर्ण गरिदिने पाथीभरा देवीको जय होस् !

“इच्छा पूर्ण गरिदिने महान शक्ति स्वरूपा, माता पाथीभरा देवीको जय

भियतनामका उपराष्ट्रपति नेपाल आउँदै

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि

मन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, पर्यटन प्रवर्द्धनबारे चर्चा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको