२०८२, ५ चैत्र शुक्रबार

काभ्रेको बेथानचोक गाउँपालिकाका विद्यालय कर्मचारीहरु आन्दोलित

काभ्रेको बेथानचोक गाउँपालिकाका विद्यालय कर्मचारीहरु आन्दोलित


काभ्रेको बेथानचोक गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले विभिन्न माग राख्दै पालिका प्रमूखको ध्यानकर्षण गराएका छन् । बेथानचोक गाउँपालिका स्तरीय विद्यालय कर्मचारी र सहजकर्ता संघर्ष समितिले १० बुदेँ माग राख्दै पालिका प्रमूख प्रेम बहादुर तिमल्सिनालाई भेटेर ध्यानकर्षण पत्र बुझाएका हुन् ।

विद्यालयको समग्र वृत्तिविकासमा आफुहरुको संलग्नता रहँदारहदै पनि सरकारको उचित ध्यान नदिदाँ सेवा सुविधा, हकहित एवं भविष्यको अन्यौलता बढेको संघर्ष समितिले बताएको छ । बेथानचोक गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक, कर्मचारी र सहज कर्ताहरुको कार्य दक्षतामा अभिवृद्विका निमित्त कम्तिमा वर्षको एक पटक पेशागत सीप अभिमुखीकरण तालिमको व्यवस्था गर्न विशेष माग गरिएको छ ।

संघर्ष समितिका अध्यक्ष मोट प्रसाद सापकोटा र सचिव सुनिल लामाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा समयानुकूल प्रविधिमैत्री शिक्षाको विकास तथा कार्य पद्वतिको विकासका लागि शिक्षक, कर्मचारी र सहजकर्ताहरुलाई आइसीटि तालिमको व्यवस्था गर्न पनि ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यस्तै विद्यालयको आर्थिक पारदर्शीता चुस्तदुरुस्त राख्नका लागि बेलाबेलामा विज्ञबाट आधारभूत तालिम तथा बेथानचोक गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयहरुमा लेखा सम्बन्धी सफ्टवेयरको व्यवस्था गर्न पनि भनेको छ । साथै संघर्ष समितिले बालविकास केन्द्रलाई यथाशिघ्र विद्यालय संरचनामा ल्याई प्राथमिक शिक्षक तृतीय श्रेणी सरहको दरबन्दी व्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ९ : ३१ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३