२०८२, १० कार्तिक आईतबार

घेदुङले तामाङ चलचित्र संघलाई बेवास्ता गरेको आरोप

घेदुङले तामाङ चलचित्र संघलाई बेवास्ता गरेको आरोप


काठमाण्डौँ/ तामाङ समुदायको मूख्य घटक तामाङ घेदुङ एक लौटी रुपमा चलेको गुनासो पुरानो होइन् । तामाङ समुदायकै विभिन्न संघ, संगठन र समूहलाई समेट्न कुनै पहल नगरेको आरोप लाग्दै आइरहेको छ । यस्तै आरोप लगाउने मध्येको एक हो ताामाङ चलचित्र संघ । शुक्रबार राजधानीमा भएकोे २३ औँ तामाङ चलचित्र प्रर्दशन दिवसका अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष जेनिस लामाले घेदुङको कार्य शैलीलाई लिएर खुलेरै असन्तुष्टि प्रकट गरे । उनले एक लौटी ढंगबाट अघि नबढ्न समेत चेतावनी दिए ।

तामाङ चलचित्र संघको लगातार दुई कार्यकाल अध्यक्षको नेतृत्व सम्हालिरहेका लामाले आफुहरुलाई घेदुङले कुनै पनि कार्यक्रममा नसम्झने गरेको गुनासो पोखे । उनले सबैलाई समेट्नु पर्ने घेदुङ नै आफु खुशी चल्दा तामाङ समुदाय भित्र विभिन्न अभियान सञ्चालन गर्न निकै मुस्किल परिरहेको बताए । ‘घेदुङ जुन रुपमा अघि बढ्नु पर्ने हो, त्यसरी अघि बढ्न नसकेको हाम्रो ठम्याइ छ, उनले भने ‘तामाङ संघसंस्था र समूहलाई निषेध गरेर मूख्य घटक जान मिल्दैन् ।’ उनले तामाङ समुदायका लागि गरिने हरेक अभियानमा तामाङ चलचित्रकर्मीहरु सहभागि हुन इन्छुक भएपनि घेदुङले त्यो खालको वातावरण निर्माण गर्न कुनै तत्परता नजनाएको बताए । ‘कलाकार लिएर समुदायका माझ जादाँ तपाईहरुको अभियानमा कुनै असर पुग्दैन्, उनले भने ‘बरु सहज र सजिलै हामीले भन्न खोजेको कुरा पुर्याउन मद्दत पुग्छ ।’

तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाईबाले घेदुङको कार्यशैलीकै कारण तामाङ समुदायको संस्कृति प्रवद्र्धनमा प्रभावकारी ढंगले काम अघि बढ्न नसकेको दाबी गरे । तामाङ चलचित्र र गीतसंगित पस्किने थलो पाउन निकै हम्मेहम्मे परेको भन्दै उनले उचित वातावरण निर्माणका लागि अघि बढे साथ दिन आफुहरु तयार रहेको बताए । ‘हामीले हाम्रो समुदायको संस्कृतिलाई उजागर गर्न अझै पनि सकिरहेका छैनौँ, उनले भने ‘आउनोस् हात्तेमालो गर्न हामी सधै तयार छौँ ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले नेपाल तामाङ घेदुङले आफ्ना समुदायका लागि चालेका अभियानमा तामाङ चलचित्रलाई जोड्न नसकेकोमा दुख ब्यक्त गर्दै छाता संस्थाहरुले सबैलाई समेटेर अघि बढ्नु पर्नेमा जोड दिए । तामाङ चलचित्र प्रदर्शन दिवसका अवसरमा तामाङ चलचित्र संघले तामाङ कला र संस्कृतिका क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने विभिन्न विधाका ७ जना सृष्टालाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ११ : २० बजे

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो