२०८२, १५ माघ बिहीबार

सहकारी एकीकरण हुनुपर्छ : मन्त्री अर्याल

सहकारी एकीकरण हुनुपर्छ : मन्त्री अर्याल


बागलुङ, १६ भदौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताउनुभएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२औँैं साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारी थोरै तर प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । सबै सहकारीमा राज्यको समान दृष्टि पुगेन, सबैलाई अभिभावकत्व दिन सकिएन,’ उहाँले भन्नुभयो, “अब एकीकरणतर्फ जानुपर्छ ।’

उहाँले सरकारले एकीकरण अभियान चलाएपनि अपेक्षित रुपमा सहकारी एकीकरण नभएको बताउनुभयो । सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले मन्त्री अर्याललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री अर्यालले सहकारीले यो वर्षदेखि दिन शुरु गरेको ज्येष्ठ शेयर सदस्य ‘पेन्सन’ कार्यक्रमसमेत शुभारम्भ गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ६ : ५४ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम