२०८२, ६ भाद्र शनिबार

काभ्रेली समुहका दावा लामा गुन्डा नाईके आरोपमा भारतबाट पक्राउ परे

काभ्रेली समुहका दावा लामा गुन्डा नाईके आरोपमा भारतबाट पक्राउ परे


काठमाडौं १६ भदौ :  गुन्डा नाइके आरोप लागेका काभ्रेली समुहका दावा लामा भनिने जितेन्द्र तामाङ दिल्लीबाट पक्राउ परेका छन्। भारतको इन्दिरा गान्धी विमानस्थलबाट लामा पक्राउ परेका हुन्। लामा घुमघामका लागि दुवईबाट फर्कने क्रममा दिल्लीमा पक्राउ परेका हुन्।

लामालाई अध्यामगनका कर्मचारीले सोधपुछ गर्नुछ भनेर लगेका हुन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले दावालाई भारतीय प्रंहरीले पक्राउ गरेको जानकारी दिए । ‘दावालाई पक्राउ गर्न अहिले नेपाल प्रहरीको कुनै पनि युनिट परिचालन भएको छैन’, उनले भने, ‘उनीविरुद्ध इन्टरपोलमार्फत् कुनै नोटिस पनि जारी भएको छैन। भारतमै कुनै अपराधमा समातिएको हुनसक्छ।’

उनी भारतको सिक्किममा बसेर बेटिङ लगाउने गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो । लामा दिल्लीमा पक्राउ गरिएको हो । काठमाडौंको गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा २०७३ चैत २९ गते दाबा लामामाथि गोली प्रहार भएको थियो ।
उनी २०६७ सालदेखि पटकपटक जेल पर्दै र छुट्दै आएका थिए । दावा लामा कुनै बेला गणेश लामाको सहयोगी थिए पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका थिए । काभ्रेली समूहका नाममा उनले अपहरण, जबरजस्ती चन्दा असुली लागू औषधदेखि ज्यान मार्ने उद्योगसमेत गर्ने गरेको प्रहरीले जनाएको छ । उनले ललितपुरका ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि खुकुरी प्रहार समेत गरेका थिए । उनले काठमाडौंका एक व्यापारीबाट पटकपटक गरी ४० लाखभन्दा बढी लुटेको समेत आरोप छ ।

लामालाई प्रहरीले पछिल्लो समय २०७३ माघमा जय नेपाल हल अगाडिको एउटा क्लबमा झगडा गरेको विषयलाई लिएर पक्राउ गरेको थियो । डेजाभ नामक नयाँ डिस्कोमा झगडा गर्दै लामाले साहु राम गिरीमाथि कुटपिट गरेको विषयमा उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ६ : ०९ बजे

“इच्छा पूर्ण गरिदिने पाथीभरा देवीको जय होस् !

“इच्छा पूर्ण गरिदिने महान शक्ति स्वरूपा, माता पाथीभरा देवीको जय

भियतनामका उपराष्ट्रपति नेपाल आउँदै

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि

मन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, पर्यटन प्रवर्द्धनबारे चर्चा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको