२०८२, १५ माघ बिहीबार

प्रचण्ड र देउवा लाई माेदीले किन भेटेनन् ?

प्रचण्ड र देउवा लाई माेदीले किन भेटेनन् ?


काठमाडौं, भदौ १६ : काठमाडौंमा आयोजना भएको चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेनन् ।

यसअघि नेपालमै आयोजना भएको १८ औं सार्क शिखर सम्मेनलमा भाग लिन आउँदा मोदीले नेपालका विभिन्न शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए। तर, यसपटक भने उनले नेपालका नेताहरुसँग कुनै भेटवार्ता नै गरेनन् । हुन त, उनको यो सम्मेलनमा भाग लिन आउँदा नेपालका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थिएन् ।

सम्मेलनको उद्धघाट्नकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोजमा भने मोदीले नेपालका शीर्ष राजनीतिक व्यक्तिहरुसँग अनौपचारिक भेटवार्ता गरेका थिए । मोदीले विमस्टेक शिखर सम्मेलनमा आतंकवादविरुद्ध एकजुट भएर लड्ने उद्धघोष गरेका छन् । त्यस्तै, उनले भारतमा विमस्टेक सदस्य राष्ट्रलाई लक्षित गरेर बेअ अफ द बंगाल स्टडिज सेन्टर समेत स्थापना गर्ने घोषणा गरेका छन् । विमस्टेकका महिला सांसदहरुलाई जोड्न विशेष फोरम समेत गठन गर्ने घोषणा गरेका छन् ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : ३६ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम