२०८३, ८ कार्तिक आईतबार

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन


काठमाडौं, भदौ १५ : रेडियो नेपालका पहिलो गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १ बजेर ७ मिनेटमा निधन भएको हो । शान्त रिमालले कतै तडकभडक नगरी सीधै आर्यघाट लगी अन्त्येष्टि गर्न आग्रह गरे बमोजिम उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडि राखिने उनका सबैभन्दा नजिकका शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिएका छन् ।

उनले ‘आमा’, ‘मनको बाँध’ ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा पनि अभिनय गरेका थिए । कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा उनी अब्बल् थिए । बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका थिए ।

लामो समयदेखि अस्वस्थ्य भइ घरमै आराम गरिरहेका रिमालका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए ।

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ८ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना