२०८३, २६ बैशाख आईतबार

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन


काठमाडौं, भदौ १५ : रेडियो नेपालका पहिलो गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १ बजेर ७ मिनेटमा निधन भएको हो । शान्त रिमालले कतै तडकभडक नगरी सीधै आर्यघाट लगी अन्त्येष्टि गर्न आग्रह गरे बमोजिम उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडि राखिने उनका सबैभन्दा नजिकका शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिएका छन् ।

उनले ‘आमा’, ‘मनको बाँध’ ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा पनि अभिनय गरेका थिए । कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा उनी अब्बल् थिए । बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका थिए ।

लामो समयदेखि अस्वस्थ्य भइ घरमै आराम गरिरहेका रिमालका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए ।

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ८ : ३७ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे