२०८२, ६ भाद्र शनिबार

छाउपडी पीडाः न दूध-दही खान पाउँछन् न शौचालय जान

छाउपडी पीडाः न दूध-दही खान पाउँछन् न शौचालय जान


अछाम, भदौ १५ : सुदूर पश्चिमाञ्चलका अधिकांश पहाडी जिल्ला छाउपडी गोठमुक्त घोषणा गरेपनि जिल्लाका विभिन्न ठाउँमा छाउपडी गोठ अझै कायमै रहेका छन् । अछामको धेरैजसो क्षेत्रमा छाउपडी प्रथालाई कायमै राख्ने गरेको पाइएको छ । जिल्लाको अन्य क्षेत्र भन्दा ढकारी गाँउपालिकामा छाउपडी गोठ बढी मात्रामा रहेका छन । रजस्वला भएको वेला महिलालाई दूध, दही, मोही, मह, घ्यू जस्ता पोसिला खाने कुराबाट बञ्चित गर्ने परम्परा अझै रहेको छ । छाउ भएको वेला पानीका मुहान, धारा,तरकारी खेती,फलफुलका बोट बिरुवा,घरपालुवा जनावरलाई छुन समेत नदिने परम्परा कायमै रहेको छ ।

छाउ भएको बेला यस क्षेत्रका महिलाहरुले शौचालय समेत प्रयोग गर्नबाट बन्चित रहदै आएका छन । रजस्वला भएको बेलामा सात दिन सम्म बाहिर बस्नु पर्ने र सातै दिन शौचालय प्रयोग गर्न नपाउने गरेको ढकारी गाँपालिका २ कि राजु रानाको भनाइ छ ।

सबै परिवारले एउटै चर्पी प्रयोग गर्ने र छाउपडी लसपस हुन्छ र लसपस हुँदा घरपरिवारका सदस्य बिरामी हुने देउता रिसाउने भन्दै छाउ भएको बेलामा चर्पी प्रयोग गर्नबाट बन्चित हुनु परेको ढकारी गाउँपालिका ३ की निर्जला शाहीले बताइन् ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ७ : ०३ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं