२०८२, २ माघ शुक्रबार

अनुमति बिनै सरकारले किन टाँग्यो तस्बिर ?

अनुमति बिनै सरकारले किन टाँग्यो तस्बिर ?


काठमाडौं, भदौ १५ : बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई देखाउन ठाउँ ठाउँमा राखिएका ब्यानरमा प्रयोग भएका तस्बिर फोटो पत्रकारको अनुमतिबिनै प्रिन्ट गरेर टाँगेको छ । आफूले खिचेको फोटो अनुमति बिनै सडक छेवैको ब्यानरमा टाँसेको देखेपछि फोटो पत्रकारले त्यसबारे गुनासो गरेका छन् ।

उनीहरुले आफूले दुख गरेर खिचेको फोटो सरकारी निकायले अनुमतिबिनै प्रयोग गरेको आरोप लगाएका छन् । ‘तीनकुने पार्कको वरिपरि केही कुमारीका तस्बिर राखिएका छन् । ती तस्बिर मैले खिचेको हुँ ।’ फोटो पत्रकार स्कन्द गौतमले ट्विटमा लेखेका छन् । ‘त्यो फोटो ब्यानरमा अचानक देख्दा छक्क परेँ ।’

अर्का फोटोग्राफर सुदन दोङले पनि आफूले खिचेको फोटो अनुमतिबिनै प्रयोग गरेको गुनासो गरेका छन् । उनले भने, ‘प्रयोग गर्दा एकपल्ट सोधेको भए राम्रो हुने थियो, सरकारी निकाय हो भन्दैमा व्यक्तिगत सम्पत्ति चोर्न पाइन्न, त्यो फोटोमा मेरो पूर्ण हक छ ।’ त्यस्तै दिपेश श्रेष्ठले खिचेको गोसाइकुण्डको फोटो तथा केशव थोकर र चन्द्रशेखर कार्कीको फोटो पनि अनुमति वेगर फ्लेक्स ब्यानरमा प्रयोग भएको छ ।
-नागरिक

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ६ : ३८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा