२०८२, १५ माघ बिहीबार

जनताको पक्षमा काम गर्नुहोस्ः महामन्त्री डा कोइराला

जनताको पक्षमा काम गर्नुहोस्ः महामन्त्री डा कोइराला


काठमाडौँ, १४ भदौ : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गर्नुभएको छ । काङ्ग्रेसबाट जितिएका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा आज साँझ दिनुभएको रात्रीभोजमा उहाँले भन्नुभयो, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस् ।”

महामन्त्री कोइरालाले जनताले प्रत्यक्ष अनुभव हुने काम गरेमात्र काङ्ग्रेसप्रति जनताको विश्वास बढ्ने पनि बताउनुभयो । काङ्ग्रेसले मुलुकभर १९१ वटा नगरपालिका प्रमुख तथा उपप्रमुखमा जित हासिल गरेको थियो । सो अवसरमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत केन्द्रीय सदस्य, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ९ : २८ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम