२०८२, १५ माघ बिहीबार

हिन्दूराष्ट्र अपरिहार्य छ – अध्यक्ष थापा

हिन्दूराष्ट्र अपरिहार्य छ – अध्यक्ष थापा


विराटनगर, १४ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा आज शुभारम्भ गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताले व्यक्तिगत स्वार्थसिद्ध गर्न रातारात हिन्दूराष्ट्र हटाएर धर्म निरपेक्ष बनाएको आरोप लगाउनुभयो ।

हिन्दूराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएको उल्लेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट शुरु भएको हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश र जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताउनुभयो । उहाँले राप्रपाकै नेतृत्वमा आन्दोलनले सफलता प्राप्त गरी हिन्दूराष्ट्र पुनःस्थापना गराइ छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

पार्टीका सङ्गठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले सदियौँदेखि नेपालको पहिचानका रुपमा रहेको हिन्दूराष्ट्र पुनःस्थापना गर्न पार्टीले शुरु गरेको आन्दोलनलाई साथ दिन सबैमा आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ६ : ४० बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम