२०८२, २४ चैत्र बुधबार

विप्लव समूहकी नेतृ उमा भुजेल पक्राउ

विप्लव समूहकी नेतृ उमा भुजेल पक्राउ


बनेपा, १३ भदौ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट मङ्गलबार पक्राउ पर्नुभएकी भुजेललाई मङ्गलबार बेलुका नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको हो ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लुसाइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा भुजेल पक्राउ परेको गिरीले बताउनुभयो । उहाँलाई आज जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मासहित केन्द्रीय सदस्य वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला (गम्भीर) र धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–३ का मोहन कार्की (जीवन्त)लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ६ : ५९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि