२०८२, ४ पुस शुक्रबार

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची


काठमाडौं, भदौ १३ : मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो ।जीवनभर शान्तिपूर्ण आन्दोलनमा लागेका नेपाली काँग्रेसका नेता भट्टराईले प्रधानमन्त्री हुँदा पनि ‘मेलम्ची सपना’ पूरा गर्न सक्नुभएन । उहाँले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् ।

जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देख्नुभयो । र, मन्त्री पद सम्हालेको केही दिनमै भन्न थाल्नुभयो– ‘यो दशैँसम्म त मेलम्ची आउँछ ।’ तर उहाँको भाषण आधारहीन र हावादारी हुँदै जान थालेको उहाँ आफैँलाई महसूस भएको छ । किनकि यो दशैँमा पनि उपत्यकावासीले मेलम्ची पानीले चोखिने सम्भावना छैन । मंगलबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा पटक–पटक सोधिएको प्रश्नमा मन्त्री मगरले मेलम्ची दशैँमा आउँछ भनेर भन्न सक्नुभएन ।

बरु विषयवस्तुलाई अन्यत्र मोड्दै उहाँले आफू मन्त्री भएपछि मेलम्ची ल्याउन दिनरात खटिएको दावी गर्नुभयोे । अघिका मन्त्रीले काम नगरेकाले मेलम्ची ल्याउन अझै समय लाग्ने बताउँदै मन्त्री मगरले समस्या खानेपानी ऐनतिर तेस्र्याउनुभयो । उहाँले ऐन बनाउने काम अघि बढेको जानकारी दिँदै मेलम्चीको ३१ अर्वको योजनामध्ये २५ अर्व रुपैयाँ खर्च भएको स्वीकार्नुभयो ।

मंगलबारको छलफलमा सांसद्हरुले जनतालाई धेरै मेलम्ची सपना देखाइएको, उपत्यकामा खानेपानी पु¥याउन नसकेको, योजना गर्दा अन्तरमन्त्रालय समन्वय नभएको, पिउने पानी शुद्ध नभएको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए । सबैजसो सांसद्ले भइरहेका पानीका स्रोत सुकेको, नयाँ सम्भावना नखोजिएको र अहिले बनाइएको मापदण्ड प्रभावकारी नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सबैजसो साँसद्ले मन्त्री मगरको आलोचना गरे भने केहीले आलोचना गर्दागर्दै अर्ती पनि दिए । धनकुटाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद् राजेन्द्रकुमार राई (नेकपा) ले भन्नुभयो ‘सबैले गफ बढी गरे तपाईँ काम गरेर देखाउनुस्, युवा जोश जाँगर छ राम्रो काम तपाईँबाटै सुरु गर्नुहोला ।’

यति भन्दै राईले थप्नुभयो–अरुभन्दा खानेपानीमै काम ढिला हुन्छ, किन होला ? काठमाडौंबासीले पानी मात्र खान पाए ठुलो कुरा हुन्छ, तपाईको मन्त्रालयले गरेको राम्रो काम के हो त ? सांसद् कमला रोकाले मेलम्चीको काममा भएको प्रगति विवरण जस्ताको त्यस्तै राख्न मन्त्री मगरसँग आग्रह गर्नुभएको थियो ।

सांसद्हरू केदार सिग्देल, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, रंगमती शाही, आशाकुमारी बिक, टेकबहादुर बस्नेत, गणेश पहाडी, निरुदेवी पाल, मिनाक्षी झालगायतले उक्त मन्त्रालयका विषयमा गुनासो र भावी योजनाबारे प्रश्न गर्नुभएको थियो ।

समिति सभापति जीपछिरिङ लामाले खानेपानीको विषयमा धेरै गुनासो आएकाले मन्त्रालयको तयारी र योजनाबारे प्रष्ट पार्न मन्त्रीलाई बोलाइएको बताउनुभयो । समितिले यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पनि बोलाएर छलफल गरिसकेको छ । समिति सचिव बंशीराज पौडेलले अन्य मन्त्रीसँग पनि यसरी नै छलफल गर्ने गृहकार्य भइरहेको जनाउनुभयो ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ७ : ०५ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा