२०८२, ११ असार बुधबार

सिंहदरवारले सबै अधिकार आफै राख्यो : मन्त्री लम्साल

सिंहदरवारले सबै अधिकार आफै राख्यो : मन्त्री लम्साल


पर्वत, ११ भदौ: गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार सिंहदरवारमै रहेको बताउनुभयो । भू तथा जलाधार व्यवस्थापन कार्यालयको आज पर्वतमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘‘सङ्घीय सरकारले अहिले पनि काम गर्ने स्पष्ट वातावरण बनाउने कुरामा अवरोध गरिरहेको छ ।’’

सङ्घीय सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण काम गर्न समस्या भएको समेत मन्त्री लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जनतालाई केही भएन भनेर निराश बनाउने काम भैरहेको छ, ‘अब कामले गति लिन्छ । हामी मनोबल उठाउने काम गर्छौ ।’’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले स्थानीय तह र प्रदेशका बीचमा कामको सहकार्य र समझदारी नबनेसम्म कठिनाई आइपर्न लागेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ६ : ४३ बजे

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार

विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको कारबाही फुकुवा

काठमाडौं । नेकपा एमालेले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे

यस्तो छन्, मन्त्रिपरिषद्को १५ वटा निर्णयहरु

काठमाडौं । सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत

कोशी प्रदेश मन्त्रिपरिषद् : सवारी नियमावली स्वीकृत, ऐन संशोधन विधेयक पेस हुने

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यातायात,

बच्चा नबस्ने समस्यामा महिला–पुरुष उत्तिकै जिम्मेवार छन्

सामान्यत प्रजनन् क्षमता भन्नाले बच्चा जन्माउने क्षमतालाई बुझिन्छ । प्रजनन्