२०८३, ८ कार्तिक आईतबार

आज काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न भागमा गाईजात्रा पर्व मनाईंदै

आज काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न भागमा गाईजात्रा पर्व मनाईंदै


काठमाडौं, भदौ ११: श्रावण शुक्ल पूर्णिमादेखि मनाइने गाईजात्रा पर्व आज काठमाडौं उपत्यका सहित मुलुक विभिन्न भागमा मनाईंदैछ । आठ दिनसम्म मनाइने यो जात्रा भाद्रकृष्ण अष्टमीसम्म जारी रहनेछ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् ।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि यस्तो शोक सबैलाई पर्छ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ ।

राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन । काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा पनि गाईजात्रा मनाउने गरिन्छ । आजको दिन विभिन्न व्यंग्य प्रस्तुत गर्नेगरिन्छ ।

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ८ : ४१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना