२०८३, ८ बैशाख बुधबार

आज काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न भागमा गाईजात्रा पर्व मनाईंदै

आज काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न भागमा गाईजात्रा पर्व मनाईंदै


काठमाडौं, भदौ ११: श्रावण शुक्ल पूर्णिमादेखि मनाइने गाईजात्रा पर्व आज काठमाडौं उपत्यका सहित मुलुक विभिन्न भागमा मनाईंदैछ । आठ दिनसम्म मनाइने यो जात्रा भाद्रकृष्ण अष्टमीसम्म जारी रहनेछ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् ।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि यस्तो शोक सबैलाई पर्छ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ ।

राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन । काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा पनि गाईजात्रा मनाउने गरिन्छ । आजको दिन विभिन्न व्यंग्य प्रस्तुत गर्नेगरिन्छ ।

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ८ : ४१ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले