२०८२, १५ माघ बिहीबार

ऊर्जामन्त्री पुनले चढ्न थाले यस्तो विद्युतीय गाडी

ऊर्जामन्त्री पुनले चढ्न थाले यस्तो विद्युतीय गाडी


सरकारले क्रमिक रुपमा सबै सरकारी निकायमा विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याउने भएको छ । शहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रण गर्न जनचेतना जगाउने लक्ष्यका साथ विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको हो । सोही नीतिलाई अवलम्बन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आजदेखि विद्युतीय सवारी साधन प्रयोग गर्न थालेका छन ।

ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै उहाँले जारी गरेको श्वेतपत्रमा विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरे । उनले जारी गरेको श्वेतपत्रको बुँदा नं ७२ मा विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र विद्युतीय सवारी साधन प्रयोगलाई विशेष जोड दिइने उल्लेख छ ।

निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायत पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिने श्वेतपत्रमा भनिएको छ । विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आफूले उक्त निर्णय गरेको मन्त्री पुनको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १० भाद्र आईतबार  ७ : ५१ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम