२०८२, ६ भाद्र शनिबार

प्रवक्ता विश्वकर्मालाई तीन दिनको म्याद थप, यस्तो छ अभियोग

प्रवक्ता विश्वकर्मालाई तीन दिनको म्याद थप, यस्तो छ अभियोग


नुवाकोट, भदौ ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले तीन दिनको म्याद थप गरेको छ ।जिल्ला अदालतले उनलाई तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

गत साउन ७ गते नुवाकोटको बेल्कोटगढी नगरपालिका वडा नम्बर–९ मा दुईओटा स्काभेटरमा चन्द समूहले आगजानी गरेको अभियोग उनीमाथि लगाइएको छ ।बिहीबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्दामा छाड्न आदेश दिएलगत्तै पक्राउ गरिएका उनलाई प्रहरीले उक्त मुद्दा लगाएको हो ।प्रहरीले उनलाई पक्राउ गरी बिहीबार राति नै नुवाकोट ल्याएको थियो ।

गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो ।आगो लगाएका कारण एउटा जलेर पूर्णरुपमा क्षति भएको थियो भने अर्कोमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।तर, विश्वकर्माले भने आफ्नो संगठनको आगजनीमा कुनै हात नरहेको दाबी गर्दै आएका छन् । आफूलाई राज्यसंयन्त्रले फसाउन खोजेको आरोप उनको छ ।विश्वकर्मालाई शुक्रबार जिल्ला अदालत नुवाकोटमा पेस गरिएको थियो

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ५ : ४६ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं