२०८२, १५ माघ बिहीबार

एम्बुलेन्ससमेत नभएका स्थानीय तहका प्रमुखलाई लाखौंको गाडी

एम्बुलेन्ससमेत नभएका स्थानीय तहका प्रमुखलाई लाखौंको गाडी


काठमाडौं, भदौ ८ : जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्कतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्यायमा मात्रै भुल्दा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुषारापात भएको छ ।

प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा तराई लैजानुपर्ने बाध्यता छ । यस्ता दर्जनौं स्थानीय तह छन्, जहाँ हजारौं नागरिकका लागि आवश्यक पर्ने एम्बुलेन्स कतै छैन । तर वर्षदिन अघि चुनिएका जनप्रतिनिधिले भने स्थानीय तहको बजेटमा आफ्ना लागि महँगा महँगा गाडी किनेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकासँग एम्बुलेन्स छैन तर गाउँपालिकाका अध्यक्षका लागि ५७ लाख रुपैयाँ खर्चेर स्कार्पियो जिप खरिद गरिएको छ ।
–नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ७ : ०७ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम