२०८२, १५ माघ बिहीबार

सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा छ : मन्त्री बाँस्कोटा

सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा छ : मन्त्री बाँस्कोटा


काठमाडौँ, ७ भदौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र खुला समाजमा कहीँकतैबाट काँडाले छुन नसक्ने बताएका छन् । नेपाल विज्ञापन सङ्घले आज काठमाडोंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जननिर्वाचित वर्तमान सरकारका कारण लोकतन्त्र र प्रजातन्त्र खतरा पर्छ भन्नु दिवास्वप्न भएको स्पष्ट पारे।

एक प्रसङ्गमा उन्ले देवानी र फौज्दारी संहिता संसद्बाट सहमतिमा नै तयार भएको र वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताउँदै यसलाई लिएर सरकारको विरोध गर्नाको कुनै औचित्य नभएको बताए । नयाँ संहिताले प्रजातन्त्र र लोकतन्त्र कसरी खतरामा पर्छ, कसरी सङ्कुचन गर्छ भन्ने प्रश्न गर्दै मन्त्री बाँस्कोटाले संहिताले नयाँ सामाजिक विधि र मूल्य स्थापित गर्ने बताए ।

“पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार रहेको छ, विगतका वाक् तथा प्रेस स्वतन्त्रताका पक्षमा लडेका नेता सरकारका हुनुहुन्छ, यस्तो अवस्थामा सरकारको शासक बन्ने सोच छैन”, मन्त्री बाँस्कोटाले भने। उनले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विश्वका कुनै मुलुकभन्दा कम नरहेको उल्लेख गर्दै उहाँले नयाँ विज्ञापन ऐनअन्तर्गत ‘क्लिन फिड’ प्रणाली लागू हुने जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ९ : ५३ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम