२०८२, १५ माघ बिहीबार

साझा प्रकाशनमा धर्ना बसेकालाई वार्तामा आउन आग्रह

साझा प्रकाशनमा धर्ना बसेकालाई वार्तामा आउन आग्रह


ललितपुर, ६ भदौ  : भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साझा प्रकाशनमा धर्ना गरिरहेका पूर्वकर्मचारीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

पुल्चोकस्थित प्रकाशनमा आज पुग्नुभएका मन्त्री अर्यालले प्रकाशनमा चाँडो उपदानको माग गर्दै धर्ना गरिरहेका पूर्वकर्मचारीले वार्ताका माध्यमबाट समाधान खोज्न भन्नुभएको हो ।

उहाँले भन्नुभयो, “ठूला द्वन्द्व त वार्ताबाट समाधान निस्किन्छ भने यहाँ पनि वार्ताबाट नै समस्याको समाधान हुनेछ ।” मन्त्री अर्यालले साझा प्रकाशन लामो इतिहास बोकेको जीवन्त संस्था भएको बताउनुभयो ।

साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले व्यवस्थापन वार्ताबाट समाधान खोज्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नियमित बैठक गरेर समाधान खोजिरहेका छौँ ।” साझाका पूर्वकर्मचारी चन्द्र योङयाले सरकारले जुनसुकैरुपमा भए पनि आफूहरुले पाउनुपर्ने उपदानका रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो । एक सय २७ जना पूर्वकर्मचारीलाई साझाले झण्डै रु १७ करोड उपदानबापत दिनुपर्नेछ । उनीहरु एक महिनादेखि धर्ना गरिरहेका छन् ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ११ : ४३ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम