२०८२, २३ चैत्र मंगलबार

साझा प्रकाशनमा धर्ना बसेकालाई वार्तामा आउन आग्रह

साझा प्रकाशनमा धर्ना बसेकालाई वार्तामा आउन आग्रह


ललितपुर, ६ भदौ  : भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साझा प्रकाशनमा धर्ना गरिरहेका पूर्वकर्मचारीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

पुल्चोकस्थित प्रकाशनमा आज पुग्नुभएका मन्त्री अर्यालले प्रकाशनमा चाँडो उपदानको माग गर्दै धर्ना गरिरहेका पूर्वकर्मचारीले वार्ताका माध्यमबाट समाधान खोज्न भन्नुभएको हो ।

उहाँले भन्नुभयो, “ठूला द्वन्द्व त वार्ताबाट समाधान निस्किन्छ भने यहाँ पनि वार्ताबाट नै समस्याको समाधान हुनेछ ।” मन्त्री अर्यालले साझा प्रकाशन लामो इतिहास बोकेको जीवन्त संस्था भएको बताउनुभयो ।

साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले व्यवस्थापन वार्ताबाट समाधान खोज्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नियमित बैठक गरेर समाधान खोजिरहेका छौँ ।” साझाका पूर्वकर्मचारी चन्द्र योङयाले सरकारले जुनसुकैरुपमा भए पनि आफूहरुले पाउनुपर्ने उपदानका रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो । एक सय २७ जना पूर्वकर्मचारीलाई साझाले झण्डै रु १७ करोड उपदानबापत दिनुपर्नेछ । उनीहरु एक महिनादेखि धर्ना गरिरहेका छन् ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ११ : ४३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि