२०८२, २३ चैत्र मंगलबार

प्रदेश ३ मा नेकपाले टुंगो लगायो जिल्ला कमिटी, कतै विवाद, कतै खुशीयाली

प्रदेश ३ मा नेकपाले टुंगो लगायो जिल्ला कमिटी, कतै विवाद, कतै खुशीयाली


संघीय राजधानी समेत रहेको प्रदेश नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाले सबै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुंग्याएको छ । तीब्र विवाद र प्रतिष्पर्धाका बीच प्रदेश एकीकरण कार्यदलहरुले प्रदेश भित्रका जिल्लाहरुमा अध्यक्ष र सचिवको नामसहित जिल्ला कमिटी सिफारिस गरेको हो ।

१७ जिल्ला रहेको प्रदेश नम्बर ३ मा पूर्वएमालेले १२ जिल्लामा अध्यक्ष र ५ जिल्लामा सचिवसहित बहुमत सदस्य पाएको छ । पूर्वमाओवादीले ५ जिल्ला कमिटीमा अध्यक्ष र बाँकीमा सचिव पाएको छ । पूर्वएमालेबाट अध्यक्षमा सिफासिर भएका मध्ये काठमाडौंमा रामशरण ढुंगाना, ललितपुरमा हरिकृष्ण ब्यन्जनकार र भक्तपुरमा वचन देउजा छन् । त्यस्तै धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्न्याल लामा, मकवानपुरमा बद्री लम्साल, सिन्धुपाल्चोकमा झम्क नेपाल र दोलखामा भीम दाहाल छन् ।

त्यस्तै माओवादीले अध्यक्ष पाएका जिल्ला कमिटीमध्ये रामेछापमा डिल्लीमान तामाङ, सिन्धुलीमा रामकुमार पौडेल, काभ्रेमा सूर्यमान दोङ, नुवाकोटमा पुष्प लामिछाने र चितवनमा यमबहादुर परियार रहेका छन् । परियारको भने नाम अझै टुंगो नलागिसकेको स्रोतले बतायो ।

एमालेले सचिव पाएका जिल्लामध्ये काभ्रेमा नारायण पाण्डे, रामेछापमा आनन्द श्रेष्ठ, सिन्धुलीमा सूर्य पाख्रिन, चितवनमा तेजेन्द्र खड्का र नुवाकोटमा बुद्धि प्रधान रहेका छन् । त्यस्तै माओवादीबाट सचिवमा ललितपुर जिल्लामा शिव कट्टेल, रसुवामा माधव लामिछाने, धादिङमा दलबहादुर बुर्लाकोटी, दोलखामा कुलबहादुर बुढाथोकी, सिन्धुपाल्चोकमा गोविन्द पराजुली र मकवानपुरमा विष्णु विष्ट सिफारिस भएका छन् ।

त्यसैगरी एमालेले पाएको उद्यमी व्यावसायिक जिल्ला कमिटी अध्यक्षमा चित्रगुप्त साँवा र पेशागत जिल्ला कमिटी अध्यक्षमा प्रेम पराजुली सिफारिस भएका छन् । युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा महेश बर्तौला र मजदुर जिल्ला कमिटीमा विदुर कार्की सिफारिस भएका छन् । माओवादीबाट युवा विद्यार्थी विशेषमा रमेश मल्ल, मजदुर जिल्ला कमिटी अध्यक्षमा गणेश रेग्मी र पेशागतमा कृष्ण केसी सिफारिस भएका छन् ।

सिफारिस भएका मध्ये काठमाण्डौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन लगायतका जिल्लामा विवाद रहेको नेकपा स्रोतले जनाएको छ । अन्य जिल्लामा भने खास समस्या नरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ९ : ४६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि