२०८२, २२ जेष्ठ बिहीबार

‘सात दिनभित्र समस्या समाधानको उपाय पेश गर्नू’: मन्त्री गोकर्ण विष्ट

‘सात दिनभित्र समस्या समाधानको उपाय पेश गर्नू’: मन्त्री गोकर्ण विष्ट


काठमाडौँ, ६ भदौ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्षेत्रमा देखिएका समस्या र समाधानको उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न मातहतका निकाय र प्रमुखलाई निर्देशन दिनुभएको छ । आव २०७४÷७५ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “कार्यसम्पादनका क्रममा हामी अझै पनि परम्परागत साङ्लोभित्र रमाइरहेका छौँ, परम्परा तोड्न चाहिरहेका छैनौँ, सकारात्मक परिवर्तनका लागि परम्परागत सोच र मानसिकता त्याग्न आवश्यक छ ।”

मन्त्री विष्टले चालु आवमा मन्त्रालयले शत्प्रतिशत परिणाम हासिल गर्नुपर्नेमा जोड दिँदै रचनात्मक, मौलिक, परिणाममुखी काम सम्पन्न गर्नेतर्फ पनि कर्मचारीले ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले अङ्गीकार गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न सबैपक्ष गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकले १५÷१५ दिनमा मन्त्रालय मातहतका निकायले गरेका काम कारवाहीको समीक्षा गर्ने निर्णयसमेत गरेको छ । बैठकले महाशाखा, विभाग, बोर्ड, समिति र आयोजनालाई नियमित प्रगति विवरणसमेत पेश गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयले गत आवमा ८१ दशमलव ३१ प्रतिशत भौतिक र ८० दशमलव ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । मन्त्रालयअन्तर्गत सञ्चालित सात आयोजनाको समष्टिगत प्रगति ८० देखि १०० प्रतिशत र पाँच आयोजनाको प्रगति ५० देखि ७० प्रतिशत छ ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले विभिन्न देशहरुसँग कूटनीतिक सम्झौता तथा प्रवद्र्धनका कार्य भइरहेको, दक्षिण कोरियासँग गर्न लागिएको श्रम सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भई सहमतिका निम्ति दक्षिण कोरियामा पठाइएको जानकारी दिनुभयो । मन्त्रालयले श्रम नियमावली २०७५, बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५ र श्रमिक हकको न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को नियमावली मस्यौदा तयार गरिएको, सामाजिक सुरक्षा करकट्टी गर्नेको विवरण सङ्कलन गर्ने कार्य शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेका ठगी एवं शोषण नियन्त्रण गर्ने उद्देश्यले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै मेनपावर कम्पनीले नक्कली मागपत्र बनाई ठगी गर्ने क्रम रोकिएको छ । यसैगरी विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनशील क्षेत्रमा लगानी गर्न श्रम मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरी अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ९ : १३ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक