२०८२, २३ कार्तिक शनिबार

काभ्रेको मण्डनदेउपुरमा नमुना तामाङ बस्ती बन्ने निश्चित

काभ्रेको मण्डनदेउपुरमा नमुना तामाङ बस्ती बन्ने निश्चित


काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० चण्डेनी मण्डनको तीनधारामा नमुना तामाङ बस्ती निर्माण हुने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेपछि तीनधारामा नमुना तामाङ बस्ती निर्माण हुने निश्चित भएको हो । प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकको यो निर्णयसँगै तीनधारामा ३७ घर होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण हुने छ ।

नमूना तामाङ बस्ती निर्माण हुने काभ्रे मण्डनदेउपुर नरपालिका वडा नम्बर १० को तीनधाराको नक्सा

२०७२ बैशाखको भूकम्पले क्षतविक्षत पुर्याएको उक्त स्थानमा नमुना तामाङ बस्ती निर्माणका लागि प्राविधिकरणले स्वीकृत दिएपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन् । ३५ रोपनी क्षेत्रफल जमिनमा तामाङ समुदायको संस्कार, सस्कृति झल्कने घर, गुम्बा लगायतका संरचना निर्माण हुने छ । पुनःनिर्माण प्राधिकरण र स्थानीयको सहयोगमा नमूना तामाङ बस्ती निर्माण हुने स्थानीय राम बहादुर लामाले बताए ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक र रामेछाप जिल्लाका विभिन्न चार ठाउँमा पनि एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका १२ स्थिति नम्डोललिङ एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती योजनालाई स्वीकृत गरेको हो । हेलम्बुको एकीकृत बस्तीमा ४०, मेलम्चीमा ७० र भोटेकोशीमा १० घर रहने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका ८ मा २४ घरको माझी बस्ती गाइखुरा एकीकृत बस्ती निर्माण गर्न पनि अनुमति दिएको छ । बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्न योग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए,नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ९ : ०७ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा