२०८२, २३ चैत्र मंगलबार

पर्सामा प्रहरीले दश लाखको अवैध सामान बरामद

पर्सामा प्रहरीले दश लाखको अवैध सामान बरामद


पर्सा, ६ भदौ पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भिस्वा बजारमा रहेको ऐनामुल हक अन्सारीको पसलमा छापामारी उक्त मूल्य बराबरको कपडा र भाँडा बरामद गरेको हो ।  भारतबाट अवैध रुपमा भित्र्याइएको विभिन्न किसिमको कपडा तथा भाँडावर्तन भिस्वा बजारको एक पसलमा भण्डार गरी राखेको सूचनाको आधारमा छापामारी गर्दा करीब दश लाख मूल्यको कपडा तथा भाँडा बरामद गरिएको सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जनाकारी दिनुभयो ।

उहाँले छापामार्ने क्रममा बरामद गरिएको कपडा तथा भाँडाको कागजात पसलधनी अन्सारीसँग माग्न आवश्यक कागजात उपलब्ध नगराउनुको साथै प्रत्यक्ष सम्पर्कमासमेत नभएपछि बरामद सामग्रीलाई नियन्त्रणमा लिइएको बताउनुभयो । बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ४ : ३४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि