२०८२, ९ फाल्गुन शनिबार

राजपामा २९ महासचिवः पदाधिकारी बस्ने कुर्सी अभाव

राजपामा २९ महासचिवः पदाधिकारी बस्ने कुर्सी अभाव


काठमाडौं, भदौ ६: सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् । उत्तर स्वभाविक आउँछ १ वा बढीमा २/३ जना तर, राष्ट्रिय जनता पार्टी (राजपा) यो ममिलामा पृथक छ । इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ ।

सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् । पदाधिकारी संख्या धेरै भएपछि पार्टी कार्यालय सँघुरो भएको बताउँदै महासचिव केशव झाले भने, ‘पदाधिकारी संख्या केही ठूलो भएको हो, महाधिवेशनपछि कार्यसमिति चुस्त हुन्छ ।’

बबरमहलमा रहेको नेपाल मधेसी निजामति कर्मचारी मञ्चको कार्यालयमा पार्टीको काम कारबाही हुँदै आएको छ । कार्यालयमा संयोजक महन्थ ठाकुरको एउटा कोठा छ, बाँकी अध्यक्ष मण्डलका सदस्यले पनि १/१ कोठा पाएका छन् । महासचिवलाई एउटै कोठमा धेरै कुर्सी राखिएको छ र अध्यक्ष मण्डललाई कसैले संयुक्त, भेट गर्न चाहे अर्को कोठा छुट्याइएको छ । आजको नेपाल समाचारपत्रले राजपामा २९ महासचिव, पार्टी कार्यालयमा पदाधिकारी बस्ने कुर्चीसमेत हुन्न शिर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ६ : ४७ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको