२०८२, १ भाद्र सोमबार

निर्मला बलात्कार हत्या प्रकरणः पक्राउ परेका विष्ट ‘निर्दोष’

निर्मला बलात्कार हत्या प्रकरणः पक्राउ परेका विष्ट ‘निर्दोष’


कञ्चनपुर, भदौ ६:  ‘तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।’ महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् ‘मानसिक सन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने केही नभएकाले प्रहरीले उसलाई फसायो ।’

उनी मात्रै नभइ नजिकबाट दिलीपलाई बुझेका गाउँले मानसिक सन्तुलन गुमाएका निर्दोष दिलीपलाई निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप लगाएकोमा स्तब्ध देखिन्थे । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छ । महिला नजिक जान पनि लजाउने, सबैसँग डराउने र अहिलेसम्म कुनै महिलाप्रति कुदृष्टि नलगाएका दिलीपले निर्मलाको बलात्कारपछि हत्या गरेको हुनै नसक्ने अर्की छिमेकी वृद्धा लक्ष्मीदेवी विष्टले बताइन् ।

‘खानेकुरा दिँदा पनि हातबाट नसमातेर भुइँमै राख्न भन्थ्यो उनले भनिन् ।’ वास्तविक हत्यारा बचाउन मानसिक सन्तुलन गुमाएका दिलीपलाई फसाएको स्थानीय रामसिंह विष्ट बताउँछन् । झिसमिसेमै दूध बेच्न जाने महिला देख्दा पनि दिलीपले बाटो छाडेर हिँड्ने गरेको सोही गाउँकी सीतादेवी थापाले बताइन् । दिलीपका ८२ बर्षीय बुबा कमलसिंह विष्ट मानसिक सन्तुलन गुमाएका छोरालाई झुटो आरोप लगाएर फसाएकोमा चिन्तित थिए । प्रहरी कार्यालयमा छोरा भेटेर फर्कंदै गरेका कमलसिंहले भने, ‘मेरो छोराले मानसिक सन्तुलन गुमाएको छ, उसले कसैको केही बिगार्दैनथ्यो ।’ सानोमा पढाइमा अब्बल रहेको छोरा कक्षा ९ मा पढ्ने बेला कुटाइ खाएपछि मानसिक सन्तुलन गुमाएको उनले बताए ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ६ : ३९ बजे

गौर हत्याकाण्डको आदेशविरुद्ध जसपा नेपालको प्रदर्शन

काठमाडौं । १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले

विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन, ५ भदौमा पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई

रास्वपा बर्खाको खहरेजस्तै, सुक्छ र हराउँछ : अर्थमन्त्री पौडेलको कडा टिप्पणी

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी