२०८२, २३ चैत्र मंगलबार

मुलुक आर्थिक विकासको चरणमा : उपप्रम पोखरेल

मुलुक आर्थिक विकासको चरणमा : उपप्रम पोखरेल


काठमाडौँ, ५ भदौ: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुक सङ्घीय संरचना थालनीको चरणमा रहेकाले नयाँ–नयाँ समस्या सृजना हुनु स्वाभाविक भएको बताउनुभएको छ । काठमाडौँ स्कूल अफ लद्वारा आज यहाँ आयोजित ‘काठमाडौँ डाइलग’को उद्घाटन समारोहमा उहाँले सरकारले यस हप्ता मात्रै मुलुकी देवानी तथा फौज्दारी संहितासहित पाँच वटा नयाँ ऐन कार्यान्वयनमा ल्याएकाले यसमा केही समस्या हुन सक्छ भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता जस्ता महत्वपूर्ण पक्षलाई व्यवस्थित गर्न सरकार लागिपरेको उल्लेख गर्दै सङ्घीयताको संस्थागत र संरचनागत विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब देशभरका स्थानीय निकाय सञ्चालनका लागि कुनै पनि कानूनी अड्चन छैन, क्रमशः निर्बाध रुपमा काम हुनेछ, अबको चरण आर्थिक विकासको चरण हुनेछ ।”

सरकारले ‘सम्मृद्ध नेपाल ः सुखी नेपाली’ बनाउने अभियानमा छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा गरिएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय सुरक्षा नीतिका लागि परम्परागत प्रणालीका साथै मानवीय सुरक्षा, गरिबी निवारण, विपत् व्यवस्थापनसँग कसरी जुध्ने भन्ने सन्दर्भमा सम्मेलनले सुझाव दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मित्रराष्ट्र चीन र युगाण्डाका युवाबीच अनुभव, ज्ञान र भावना आदान प्रदान हुनेछ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ७ : ३७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि