२०८२, १५ माघ बिहीबार

मुलुक आर्थिक विकासको चरणमा : उपप्रम पोखरेल

मुलुक आर्थिक विकासको चरणमा : उपप्रम पोखरेल


काठमाडौँ, ५ भदौ: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुक सङ्घीय संरचना थालनीको चरणमा रहेकाले नयाँ–नयाँ समस्या सृजना हुनु स्वाभाविक भएको बताउनुभएको छ । काठमाडौँ स्कूल अफ लद्वारा आज यहाँ आयोजित ‘काठमाडौँ डाइलग’को उद्घाटन समारोहमा उहाँले सरकारले यस हप्ता मात्रै मुलुकी देवानी तथा फौज्दारी संहितासहित पाँच वटा नयाँ ऐन कार्यान्वयनमा ल्याएकाले यसमा केही समस्या हुन सक्छ भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता जस्ता महत्वपूर्ण पक्षलाई व्यवस्थित गर्न सरकार लागिपरेको उल्लेख गर्दै सङ्घीयताको संस्थागत र संरचनागत विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब देशभरका स्थानीय निकाय सञ्चालनका लागि कुनै पनि कानूनी अड्चन छैन, क्रमशः निर्बाध रुपमा काम हुनेछ, अबको चरण आर्थिक विकासको चरण हुनेछ ।”

सरकारले ‘सम्मृद्ध नेपाल ः सुखी नेपाली’ बनाउने अभियानमा छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा गरिएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय सुरक्षा नीतिका लागि परम्परागत प्रणालीका साथै मानवीय सुरक्षा, गरिबी निवारण, विपत् व्यवस्थापनसँग कसरी जुध्ने भन्ने सन्दर्भमा सम्मेलनले सुझाव दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मित्रराष्ट्र चीन र युगाण्डाका युवाबीच अनुभव, ज्ञान र भावना आदान प्रदान हुनेछ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ७ : ३७ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम