२०८२, २३ चैत्र मंगलबार

प्रधानमन्त्रीलाई ब्यग्य गदै व्यङग्य गदै फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रे रोशी गाउँपालिकाका वडा सचिव पक्राउ

प्रधानमन्त्रीलाई ब्यग्य गदै व्यङग्य गदै फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रे रोशी गाउँपालिकाका वडा सचिव पक्राउ


काठमाडौं, ५ भदौ । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेका हौं’ उनले भने । नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।

सिग्देलले सेयर गरेको कार्टुन

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ७ : १९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि