२०८२, ५ चैत्र शुक्रबार

राज्यमन्त्री डिम्पल झाको सिम्पल काममले शहर बजारमा चर्चा छायो

राज्यमन्त्री डिम्पल झाको सिम्पल काममले शहर बजारमा चर्चा छायो


 

काठमाडौं, ५ भदौ । प्रदेश २ कि भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाको सिम्पल काममले पनि शहर बजारमा चर्चा पाउने गरेकी छिन् । उनले गर्ने राम्रा कामले भन्दा पनि रमाइलो तर उट्पट्याङ गतिविधिले झा चर्चामा आउने गरेकी हुन् ।

रौतहट जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने झा गाउँ जाने बेला दलबलसहित जाने गरेकी छिन् । झाले आफ्नो राजनीतिक हैसियत देखाउनका लागि पनि तामझाम देखाउने गरेको आरोप उनकै कार्यकर्ताहरूको छ ।

मन्त्री झाको जिल्ला बसाइँ र घुमाइ महँगो हुने गरेको छ । उनको सुरक्षालाई लिएर रौतहट प्रहरीलाई टाउको दुखाइ भएको छ । प्रदेश मन्त्री झाको दवाव र उट्पट्याङ गतिविधिले गर्दा कार्यकर्ता र स्थानीय प्रशासनलाई हैरान भएको गुनासो बढेको छ ।

मन्त्री पदको सपथ लिएपछि साउथ भारतीय फिल्ममा जस्तै ५० भन्दा धेरै गाडी लिएर गाउँ गएकी झाको त्यस बेला निकै आलोचना भएको थियो । त्यसपछि उनको व्यवहारमा सुधार हुने धेरैले अपेक्षा लिएका थिए । तर, प्रदेशमन्त्री झाले आफूलाई सुधार गर्नुभन्दा पनि उस्तै शैली अपनाउँदै गएकी छिन् ।

मन्त्री झाले फेरि बागमती नदीको कटान हेर्ने बहानामा दलवलसहित सोमबार भ्रमण गरेकी छिन् । आफ्ना पति अनिलकुमार झालाई साथमा लिएर प्रदेश २ की मन्त्री झा बागमती नदीको किनारमा पुगेकी हुन् ।

मन्त्रीको सपथ लिएर रौतहट जिल्ला आएका बेलाको गाडीको लावालस्कर

उनले नदी कटानको लागि बजेट निकासा गर्नुभन्दा पनि स्थानीय सरोकारवाला कार्यालयका प्रमुखहरूलाई दिर्नेशन दिएर कटान रोक्न भनेकी छिन् ।

नदी कटान हेर्न उनले गाउँका सबै सर्वसाधारणहरूलाई आफ्नो पछाडि आउन निर्देशन दिएको एक स्थानीयले बताए । अघिल्लो पटक संसदमा रहेकी झाले नदी कटानदेखि रौटहटको विकासमा सिन्को पनि नभाँचेको आरोप छ ।

उनका पति अनिलकुमार झाले पनि विकास गर्न नसेको आरोप रौतहटका स्थानीयको छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  १२ : ४९ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३